काठमाडौं। नेपाल पिछडा वर्ग महासंघले सरकारसँग ५ बुँदे माग राख्दै आन्दोलन गरेको आज १५५औ दिन पुगेको छ । उनीहरूले माइतीघरमा नकाब लगाएर प्रदर्शनमा उत्रिएका हुन् ।महासंघसँग सरकारले पटक-पटक गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिनु परेको पिछडावर्ग आन्दोलन समितिले जनाएको छ ।
यस्तै राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरण सम्बन्धी मन्त्रालयमा बुझाएको प्रतिवेदन मन्त्रिपरिषदबाट पासगरी यथाशीघ्र नियुक्त गर्न माग गरेका छन् ।तीन वटै समितिमा विगत २ वर्षदेखि निरन्तर रुपमा कार्यरत कर्मचारीहरूलाई बिनाकारण सेवाबाट अवकास गरिएको पुनर्बाहली गर्न माग गरेका ५ न् ।यसका साथै पटक-पटक नेपाल पिछडा वर्ग, दलित संघ तथा बादी संघ समुदायबीचमा भएका सम्झौताहरू लागु गर्नुपर्ने उनीहरूको माग छ ।
ADVERTISEMENT

