काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा हाल काम बेथिति, विकृति र विसङ्गति अन्त्यको लागि तथा देशको राष्ट्रियता, अखण्डतामा र प्रजातन्त्रको रक्षाको निमित्त बलियो राष्ट्रवादी शक्ति आवश्यक रहेको बताएका छन् । पार्टीद्वारा काठमाडौँ १ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा मंगलबार बोल्दै थापाले २०६२/०६३ को मार्गचित्र गलत र त्रुटिपूर्ण भएको तथा पूर्णत असफल भएको समेत दाबी गरे ।
देश र जनताले नयाँ वैकल्पिक शक्तिको खोजी गरेको भन्दै थापाले गणतन्त्र,धर्मनिरपेक्षता र सङ्घीयताले देशको हित गर्नै नसक्ने ठोकुवा समेत गरे ।उनले कुशासन,भ्रष्टाचार,बेरोजगारी,महँगी,धर्मपरिवर्तनलाई रोक्न एक पटक जनता जुरुक्क उठ्नुपर्नेमा जोड दिँदै आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

