काठमाडौं । प्रतिनिधिसभा सांसद सुहाङ नेम्वाङले इलाम जिल्लाको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेर अन्य जिल्लामा पुर्याएकोप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवाप्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको बताए ।इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सांसद समेत रहेका नेम्वाङले कार्यालयलाई टाढा सारेर नभइ अझै नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।
अहिले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई, इलामबाट सारेर अन्यत्र जिल्ला लागिएको छ। सो कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथर– तीन जिल्लाका हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा पुर्याउँदै आएको थियो,’ उनले भने, ‘यस कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवाप्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको छ ।’

