वीरगञ्ज – पर्सामा जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भन्दै दुवै दलका महिला संगठनहरुको संयुक्त महिला परिचालन समिति गठन गरिएको छ ।
वीरगञ्जमा आइतबार आयोजित जसपा निकटको समाजवादी महिला संघ नेपाल र एमाले निकट अखिल नेपाल महिला संगठनको संयुक्त भेलाले १५ सदस्यिय संयुक्त महिला परिचालन समिति गठन गरेको हो ।
समितिको संयोजक समाजवादी महिला संघ नेपालकी मधेस प्रदेश उपाध्यक्ष पिंकी यादव रहेकी छन् भने सदस्यहरुमा अखलि नेपाल महिला संग्ठनकी वीरगन्ज इन्चार्ज मुना दाहाल , समाजवादी महिला संघकी पिंकी सिंह, अन्नापूर्णा मानन्धर सिंह, मिथिला खतिवडा, सुगान्धी यादव, पबित्रा पोखरेल, अलका प्रधान, गिता यादव, विन्दु श्रेष्ठ, सन्जु दाहाल, जमिला खातुन, मन्जु परियार, सुनिता साह र प्रेरणा श्रेष्ठ रहेका छन् ।
दुवै दलका महिला संगठनको भेलाले जसपा–एमाले गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव, १ को (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादव, १ को (ख) का उम्मेदवार लालबाबु राउत, पर्सा २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मी, २ को (क) का प्रदेशसभा सदस्य उम्मेदवार रामनरेश यादव र २ को (ख) का उम्मेदवार हरेराम पटेललाई जिताउनका लागि संयुक्त महिला परिचालन समिति गठन गरिएको समितिकी संयोजक यादवले जानकारी दिइन् ।
ADVERTISEMENT