काठमाडौं । भियतनामका उपराष्ट्रपति भो थी आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएकी उनी सोमबार मध्यरात स्वदेश फर्किएकी हुन् ।
उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतले बिदाइ गरे । बिदाइ कार्यक्रममा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारी पनि उपस्थित थिए ।

