काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ सुझाव दिएका छन् । नेता श्रेष्ठले कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै फोन सम्पर्क गर्ने प्रयास गरे पनि सफल नभएपछि सामाजिक सञ्जालबाट सुझाव दिनुपरेको बताएका हुन् ।
‘तपाईँले छिटो राजनीतिक दलहरूभन्दा बाहिरका स्वतन्त्र,निष्ठावान्,देशभक्त, स्वच्छ एवं क्षमतावान् व्यक्तिहरू मन्त्रीहरू नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस्’, उनले भनेका छन्, ‘तपाईँले सम्पूर्ण ध्यान मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् ।’
यस्तो छ उनको सुझाव
तपाईँ प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईँलाई फोन मार्फत बधाई,शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईँको फोन सम्पर्क हुन सकेन । तपाईँको नियमित सम्पर्कमा तपाईँसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन । मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु ।तर तपाईँलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्त्वपूर्ण सुझावहरू दिन चाहन्छु ।

