११ महिनामा विदेशमा जाने विद्यार्थीले लगे ७५ अर्ब १४ करोड
zeenepal
२०८० असार २५,
6
Shares
काठमाडौं । नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुमार्फत ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो । अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको थियो ।नेपालमा सेवातर्फको आय ५७ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ ।
यसो हुनुमा सेवामार्फत नेपाल आउने भन्दा विदेशिने रकम धेरै हुनु हो । सेवा आयतर्फ सबैभन्दा ठूलो रकम पर्यटनमार्फत हुन्छ ।११ महिनामा पर्यटकमार्फत ५१ अर्ब ८८ करोड रुपैयाँ आय भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९३.८ प्रतिशत धेरै हो । सो आवमा भ्रमण आय २६ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।