बाँके असोज । नेपालगन्जको चोक–चोकमा चोरहरूको बिगबिगी बढिरहँदा सरकारी कार्यालयहरू चोरहरूको निशानामा पर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयसँग जोडिएको नेपाल टेलिकमको नेपालगन्जस्थित उप–प्रादेशिक कार्यालयमा केबलको तार चोरी भएको छ । चोरीमा संलग्न एक जनालाई शनिबार राति स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।
नेपाल टेलिकम उप–प्रादेशिक कार्यालय नेपालगन्जका सूचना अधिकारी मुक्ति ज्ञवालीले कार्यालयको परिसरभित्र राखिएको करिब ४३ लाख मूल्यको केवल चोरी भएको जानकारी दिए । सूचना अधिकारी ज्ञवालीले भने, “टेलिकमले नयाँ केवल जडान गरेको स्थानबाट ल्याएर राखिएका पुराना केबल तार चोरी भएको छ,
कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा लिखित जानकारी गराइएको छ । केवलभित्र रहेको तामाको तार चोरी भएको टेलिकमले जनाएको छ । शनिबार प्रहरीले पक्राउ गरेका व्यक्ति कोहलपुरका अमिर खान भएको टेलिकमले जनाएको छ । खानसहित केही व्यक्तिहरू शरीरमा चिप्लो पदार्थ घसेर आएको अवस्थामा फेला परेको स्थानीय बासिन्दाले जनाएका छन् ।
ADVERTISEMENT

