काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको थियो ।
उक्त भेटमा यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता र जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

