नेपालगञ्ज : नेपालगञ्न म्याराथनका लागि केन्याका जोन र मिस नेपाल श्रृच्छा सदभावना दूत नियुक्त भएका छन् । वल्र्ड क्लास धावक केन्या निवासी जोन केलाई र मिसन नेपालवल्र्ड २०२३ श्रृष्छा प्रधान नेपालगञ्ज म्याराथनको सदभावनादूत नियुक्त भएका हुन् । नेपालगञ्जमा आयोजित बिशेष कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले सदभावनादूतको कदरपत्र जोन र श्रृच्छालाई हस्तान्तरण गरेका थिए ।नगरप्रमुख बिष्टले छोटो समयमै नेपालगञ्ज म्याराथनले अन्तर्राष्ट्रिय जगतमा विश्वास आर्जन गर्न सफल भएको बताए । ‘म्याराथन खेलमात्र नभई अब शान्ति सदभाव र एकताको सशक्त माध्यम बनि सकेको छ ।’ मेयर बिष्टले भने–‘उपमहानगरपालिका सदा संस्थागत सहकार्यका लागितयार छ, यतिबेला हामीले विभाजित मनलाई एक ढिक्का बनाउनु छ, मंसिर ६ गतेलाई साँच्चिकै एकता र सदभावको दिनबनाऔं ।’
टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले धारा नेपालगञ्ज म्याराथनको मेहनत र प्रतिफलबाट आफुहरु निकै प्रभावितभएको बताउँदै अझ यसको दायरा बढाउँदै जाँदा आफ्नोतर्फबाट भरपुर सहयोग गर्ने बताए विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१०का स्वर्णपदकधारी केन्याका जोनले संसारभरबाट प्राकृतिक सौन्दर्य हेर्न नेपाल आउने गरेकोमा अब म्याराथनका बहानामा समेत आउने धेरै सम्भावना बढेको धारणा व्यक्त गरे । आफुले अन्तर्राष्ट्रिय धावकहरुलाई नेपाल ल्याउन पहल गर्ने पनि उनले बताए ।त्यसैगरी मिस नेपाल श्रृच्छाले पर्यावरणीय संकटलाई सामुहिक प्रयासबाट निकारण गर्नुपर्ने र यसका लागि म्याराथन जस्ता इभेन्ट प्रभावकारी हुने बताइन् । आयोजकले दौडमार्फत पर्यावरण जोगाउन आफुलाई छनोट गरेकोमा खुशीव्यक्त गरिन् ।कार्यक्रममा गौघाट ग्रीन रनको टिसर्ट समेत सार्वजनिक गरियो । ग्रीन रन भोलि बिहान खजुराको सितापुरमा हुँदैछ । धारा नेपालगञ्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिवार हुनेछ । यसका लागि दर्ता खुला गरि सकिएको छ ।
ADVERTISEMENT

