काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुर्नस्थापनाको एजेन्डा गौण बनिसकेको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा चितवन कार्यालय भवन जलाइएको छ जिल्लाका पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले बाहेकका सबै दल चुनावमा जान सहमत भइसकेको बताए ।
एमालेभित्र पनि बहुमत चुनावका पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।‘युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो उनले भने । २४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेपछि आफू स्वयंको पहलमा सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको प्रसंग पनि उनले स्मरण गरे ।संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको दोहोर्याए ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई लक्षित गर्दै संयोजक प्रचण्डले विगतका गल्तीहरूबाट कुनै आत्मसमिक्षा नभएको उल्लेख गर्दै भने, ‘उनको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर आज पनि कुनै पश्चाताप छैन ।’

