नेपालगञ्ज : शुक्रबारदेखि नेपालगञ्जमा सुरु भएको नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप प्रतियोगिता–२०२५ को उद्घाटन खेलमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल र छियाना महर्जनले दुई–दुई गोल्ड जित्न सफल भएका छन् । पहिलो उद्घाटन खेलमा ५० मिटर अन्डर ८ ब्याक स्टोक इभेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठ दोेस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्र्र्रो भए ।
त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ ब्वाइजमा सगरमाथा क्लबका राजविनले बाजि मार्दै प्रथम भए उनले योसंगै दोस्रो गोल्डमेडल पनि हात पारे, शिखा एकेडेमी कोहलपुरका दिप्सन पुनमगर दोस्रो र आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठ तेस्र्रो भएका छन् । त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर ८ गल्समा सगरमाथा क्लबका छियाना प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मी तेस्रोे स्थान हासिल गरेका छन् ।
२५ मिटर ब्याकस्ट्रोक अण्डर ८ गल्समा सगरमाथा क्लबकै छियाना महर्जनले बाजी मार्दै प्रथम, आदर्र्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो भए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । अन्य उमेर समूहको खेल जारी छ । साथै खेल भोली शनिबार समापन हुने बताईएको छ ।