काठमाडौं जेठ, । नेपाल र युगान्डाबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १ विकेटले पराजित भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दिएको १०२ रनको लक्ष्य १९.५ ओभरमा पूरा गरेको हो । खेलमा युगान्डाले अन्तिम बलमा जित निकाल्दै रोमाञ्चक तरिकाले जित निकालेको हो ।
छैटौं क्रममा आएकी रीता न्याङ्दो भने २ रनमा नै रुविना क्षेत्रीबाट क्याच आउट भइन्। सातौं क्रममा आएकी फियोना कुलुमी पाँच रनमा बोल्डआउट भइन् । आठौं क्रकी ब्याटर इभ्ल्यान एनिपो गोल्डेन डक भइन् । नवौं क्रमकी ब्याटर कोन्की अवे २ रनमा अविजित रहिन् भने दशौं क्रमकी ब्याटर सारा वलजा रनआउट भइन् । एघारौं क्रममा आएकी सारा अकितेङ ३ रनमा अविजित रहिन् ।
नेपालका लागि कविता कुँवर र सबनम राईले समान २/२ विकेट लिए । रुविना क्षेत्री र सीता रानामगरले समान १/१ विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रनको योगफल तयार पारेको थियो नेपालका लागि ओपनिङमा आएकी बिन्दु रावलले २ चौकासहित सर्वाधिक २६ रन बनाइन् । चौथो नम्बरमा क्रिजमा आएकी सरिता मगर २२ रन बनाएर आउट भइन् । युगान्डाको वलिङमा जानेत बाबाजीले सर्वाधिक २ विकेट लिइन् । इभेलेन एनपियो, कोन्की अवेको, रिता मुसामालीले समान एक विकेट लिए ।
ADVERTISEMENT