नेपालगञ्ज :मानव अधिकार रक्षकका समस्याबारे छलफल गरिएको छ । आईतवार नेपालगञ्जमा आयोजित मानव अधिकार रक्षक सञ्जालका सदस्यहरुको क्षमता अभिवृद्वी कार्यक्रममा मानव अधिकार रक्षकका समस्याबारे छलफल गरिएको हो ।मानव अधिकार रक्षकहरुले भोग्नुपर्ने समस्याका बारेमा छलफल गर्दै यस अवसरमा सहभागिले समुदायको मुद्दा उठाउदाखेरी प्रहरी प्रशासनले आवश्यक सहयोग नगरेको गुनासो गरेका थिए ।
तालीमका क्रममा सहभागीहरूलाई मानव अधिकार उल्लंघनका घटनाहरूको अनुगमन, तथ्य सङ्कलन, दस्तावेजीकरण, र विभिन्न मञ्चहरूमा वकालत गर्नेबारे प्रशिक्षण दिइने छ । साथै, रक्षकहरूको भौतिक तथा डिजिटल सुरक्षाबारे पनि छलफल हुनेछ । यस प्रशिक्षणले मानव अधिकार रक्षक सञ्जाललाई थप बलियो बनाउने र मानव अधिकार प्रवद्र्धनमा सक्रिय रूपमा लाग्न सदस्यहरूलाई उत्प्रेरित गर्ने विश्वास लिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘ईन्सेक’ को आयोजनामा सुरु भएको तालिममा ८ पालिकाका २५ जनाको सहभागिता रहेको छ ।
ADVERTISEMENT

