तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्रीले गरे गृहसचिवसँग छलफल
zeenepal
२०८१ भाद्र १२,
21
Shares
काठमाडौं । प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसँग छलफल गरेका छन् ।सामाजिक सञ्जालमा गृहसचिव अर्यालसँगको फोटो राख्दै प्रधानमन्त्री ओलीले प्रकाश तामाङको नागरिकता बनाउनेबारे छलफल गरेको जानकारी दिएका हुन् ।
प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ’ प्रधानमन्त्रीले लेखेका छन् ।प्रकाशको वास्तविक जीवनको कथा ‘हेर्ने कथा’ले सार्वजनिक गरेको छ ।