काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।समसामयिक सुरक्षा परिस्थितिबारे छलफल गर्न सुरक्षा समितिको बैठक बोलाइएको मन्त्रालयका एक अधिकारीले बताए । बैठक केहीबेरमा सुरु हुँदैछ ।
बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले सहभागी हुनेछन् ।बैठकमा विभिन्न समूहले घोषणा गरेका प्रदर्शन र आन्दोलनका कार्यक्रमबारे समेत छलफल हुने बताइएको छ ।

