रौतहट । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारपिच्छेको कर आतङ्कले मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेका छन् । कर आतङ्कले सर्वसधारणदेखि उद्योगी, व्यापारी सबै आतङ्कित हुनुका साथै पीडित भएको उनले बताए । रौतहटको गौरमा आज (बिहीबार) रौतहट क्षेत्र नं. १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी कर आतङ्कले महँगी बढेको बताएका छन् । उनले करको नाममा हरेक क्षेत्रमा सरकारले आतङ्क मच्चाएको आरोप लगाए ।
सरकारपिच्छेको सरकारले हरेक वस्तुमा करमाथि कर लगाउने र नागरिकलाई लुट्ने काम गरिरहेको छ’, अध्यक्ष साहले भने, ‘हामी भन्दा ठुलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महँगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाइकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिध्याउने कामले महँगी बढेको हो ।सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले कर छलीको नाममा निजी सम्पत्ति लुटिरहेको उनले गम्भीर आरोप लगाए । शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताउँदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी कर आतङ्क मच्चाइएको बताए ।
अहिले सरकारी कर आतङ्क मच्चिएको छ । हरेक वस्तुमा मनपरी कर आतङ्क रहेको छ । त्यसकारण उद्योग, व्यापार चौपट हुने अवस्थामा पुगेको छ । सर्वसाधारणले उपभोग गर्ने वस्तुहरू कर आतङ्ककै कारण महँगो भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘गाउँ सहरदेखि सीमावर्ती क्षेत्रका सर्वसाधारण नागरिक कर आतङ्कले पीडित भएका छन् ।भेलाबाट उमाशङ्कर साहको नेतृत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन भएको छ ।
ADVERTISEMENT

