बाँकेका पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १८औँ साधारणसभा सम्पन्न भएको छ भने नवौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु गरेको छ । नेपालगन्जमा शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक तथा सांठनिक प्रतिवेदन पारित गरेको छ । तत्पश्चात महासंघको नयाँ नेतृत्व चयनका लागि लागि प्रक्रिया सुरु गरिएपनि शनिबार नयाँ नेतृत्व चयन हुन सकेन ।
नयाँ नेतृत्वका लागि आकांक्षीहरू धेरै देखिएपनि सर्वसम्मत बनाउने प्रयास भइरहेकोले महासँघ बाँकेका संस्थापक अध्यक्ष वसन्त लामिछानेले जानकारी दिए । उद्घाटन सत्र महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्ला अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा महासंघका केन्द्रीय सदस्य मन्दिरा पाण्डे, महासंघ दाङका अध्यक्ष सन्तोष कुमार आचार्य, बर्दिया अध्यक्ष लवेश झालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ADVERTISEMENT

