वीरगंज - पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सर्राफले वीरगंज महानगरपालिका वडा नम्बर–१५ भिस्वा र बाइपास क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार सर्राफले मुलुकको निकास र विकासका लागि जनमत पार्टी र हर्न छाप नै एकमात्र विकल्प रहेको दाबी गरे। उनले जेनेरेशन–जी (Gen-Z) को चाहना र आवश्यकतालाई सम्बोधन गर्न जनमत पार्टीको एजेन्डा र ‘नौलो गणतन्त्र’ अपरिहार्य रहेको उल्लेख गर्दै युवामैत्री राजनीति आफ्नो प्राथमिकता भएको बताए।
सर्राफले आफू जेनेरेशन–जीको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आग्रह गरे। “अब पुरानै सोच र शैलीले देश अघि बढ्दैन, नयाँ सोच र नयाँ नेतृत्व आवश्यक छ,” उनले भने।
कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकी, अजित सोह, मन्जय शर्मा, सुमित सिंहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सयौं स्थानीयको सहभागिता रहेको जनाइएको छ।

