विराटनगर । मोरङको क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाकी रुबिना आचार्यले फराकिलो मत अन्तर बनाएकी छिन् ।उनले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाभन्दा १२ हजार बढी मत अन्तर बनाएकी हुन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार हालसम्म आचार्यले १६ हजार ८२३ मत ल्याउँदा कोइरालाले ३ हजार ९५५ मत पाएका छन् । यस्तै, एमालेका विनोदप्रसाद ढकालले २ हजार ९४५ र श्रम संस्कृति पार्टीका मातृका पौडेलले २ हजार ६१० मत ल्याएका छन् ।
ADVERTISEMENT

