काठमाडौँ । नेपालमा पदयात्रामा आउने पर्यटकको बिमा रकम असुलीका लागि फर्जी उद्धारका नाममा भएको ठगी घटनामा ३२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राज्यविरूद्धको कसुर र सङ्गठित अपराध कसुरमा मुद्दा दायर भएको हो । ३२ जना प्रतिवादी कायम गरिएको यस मुद्दामा ८ जना पक्राउ गरी ल्याएको सूचना अधिकारी श्रेष्ठले बताए । अन्यलाई फरार कायम गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । सिआइबीले पक्राउ गरेका माउन्टेन हेलिकोप्टर्स कम्पनीका पूर्वमहाप्रबन्धक राजेन्द्रबहादुर सिंहलाई भने मुद्दा नचलाउने निर्णय गरिएको स्रोत बताउँछ । सिआइबीले भने उनी नै यस प्रकरणका माष्टर माइन्ड भएको दाबी गरेको थियो ।
सरकारी वकिल कार्यालयको निर्णयमा भनिएको छ, पक्राउ परेका प्रतिवादी राजेन्द्रबहादुर सिंहको हकमा हालसम्मको अनुसन्धानबाट प्रस्तुत कसुरमा संलग्न रहेको साथै कुनै लाभ लिएको नखुलेको हुँदा निजको हकमा हाललाई मुद्दा नचलाउने गरी निर्णय गरिएको हुँदा निकाशा भई आए बमोजिम गरिनेछ।साथै, सिआइबीले एक हजार २ सय ४३ पृष्ठ लामो अनुसन्धान प्रतिवेदन बुझाएकोमा सरकारी वकिलले मुद्दालाई कमजोर बनाउने उद्देश्यले सात सय ४८ पृष्ठको अभियोगपत्र बुझाएको छ । दबाबकै कारण एक सातासम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा रोकिएको थियो ।
यी हुन् ३२ प्रतिवादी

