काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ शुक्रबार काठमाडौँमा सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्ने परिपत्र जारी गरेको विषयमा सरोकारवालासँग छलफल गर्दै उक्त निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिने निर्णय गरेको हो ।
छलफलमा सहभागीहरूले सरकारको उक्त कदम विभेदकारी भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका थिए । छलफलमा पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णयले सञ्चारमाध्यमलाई समस्या पर्ने भएकाले सच्चाउन माग गरिन् । उनले यस विषयमा वार्तालाई पनि सँगसँगै अघि बढाउने बताइन् । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्रको विरोधमा महासङ्घले सरोकारवालासँग छलफल गरेको थियो ।
ADVERTISEMENT

