काठमाडौं २ असार। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले करका दर तय गर्ने क्रममा व्यापारीसँग मिलेको र कमिसन खाएको आरोप लगाएका छन् । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उनले करका दर तोक्ने क्रममा कमिसनको खेल र व्यापारीसँग साँठगाँठ गरिएको आरोप लगाएका हुन् । करका दर तय गर्ने काम गोप्य हुने उल्लेख गर्दै ओलीले वर्तमान सरकार र अर्थमन्त्री जनार्दन शर्माले त्यो गोपनियता कायम गर्न नसकेको आरोप लगाए ।
ADVERTISEMENT