काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानेर बुझेर नै संसद्को अवहेलना गरेको आरोप लगाएका छन् ।प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली कमजोरी वा अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गरेका हुन् ।उनले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थामाथि नै खतरा उत्पन्न गरिरहेको बताए ।ठूलो जनसमर्थनका साथ गठन भएको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्नु चिन्ताजनक भएको उनको भनाइ छ ।
ADVERTISEMENT

