काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले बालेन्द्र शाह नेतृत्वको सरकारको बचाउ गरेका छन् । नेपाल पत्रकार महासङ्घको टोलीसँगको भेटमा सभामुख अर्यालले सरकारले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिको जनचाहना पूरा गर्ने विश्वास आफूमा रहेको बताए ।नेपाली जनताको भावना र आकांक्षा अनुसार काम गर्नुपर्ने बताउँदै सभामुख अर्यालले केवल अंकको बहुमतले मात्र स्थिरता नआउने विगतको अनुभव रहेको र यसपटक सरकारले ठोस योजनाका साथ अगाडि बढ्ने अपेक्षा आफ्नो रहेको बताए ।दुई तिहाइको सरकार हुने बित्तिकै स्थिर हुन्छ भन्ने कुराको नभएको प्रमाण हाम्रै अगाडी छ,’ सभामुख अर्यालले भने, ‘तर यसपटक सरकारले ल्याउने योजना र कार्यक्रमले नै वास्तविक स्थिरताको निर्धारण गर्नेछ ।उनले सरकारले निर्क्योल गरेका योजनाहरू ठिक ढङ्गले अगाडि बढेमा देशले सही दिशा लिने बताए ।
सभामुख अर्यालले सरकारले अघि सारेको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यको लक्ष्यलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘हामी सबैले अपेक्षा गरेको के हो भन्दा यो सरकारले कमसेकम देशमा एक प्रकारको स्थिरता पैदा गरोस्, सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस्,’ अर्यालले भने, ‘सरकारको ध्यान अब मुलुकको विकास र नागरिकको सेवामा केन्द्रित हुनुपर्दछ ।
ADVERTISEMENT

