काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यका लागि लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली प्रक्रिया सुरु भएको छ ।लिवियास्थित युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिवियाुमा कार्यरत नयाँ भैरवीदल गुल्म शान्ति सेनासातौँ डफ्फालाई बदली गर्नको लागि गुरूबक्स गुल्म शान्ति सेनाआठौँ डफ्फाको पहिलो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।नेपाली सेनाका अनुसार, बिहीबार आठौँ डफ्फाका ४२ जना शान्ति सैनिकहरूको टोली लिविया प्रस्थान गरेको छ । सोही दिन उक्त मिसनमा आफ्नो निर्धारित कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका सातौँ डफ्फाका ६१ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।
विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि नेपाली सेनाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसै क्रममा लिवियामा पनि नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको म्यान्डेट बमोजिम सुरक्षा र सहयोग उपलब्ध गराउँदै आएको छ ।हाल लिवियामा रहेको उक्त मिसनमा नेपाली सेनाका कुल २१३ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् । बाँकी रहेका सैनिकहरूको अदलीबदली पनि क्रमिक रूपमा हुने सेनाले जनाएको छ ।
ADVERTISEMENT

