बालकृष्ण खाँणको क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन
zeenepal
२०८० बैशाख ३०,
6
Shares
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेको हो ।खाँणको निर्वाचन क्षेत्र रुपन्देही-३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।यो प्रकरणमा राज्यकै माथिल्लो तहमा रहेर काम गरेका व्यक्ति मुछिएपछि अहिले देशैभर प्रदर्शन भइरहेको छ ।