काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सामाजिक तथा साम्प्रदायिक सदभाव लागि ठाउँ ठाउँमा बृहत् सद्भाव र्याली गर्न आग्रह गरेका छन् । साथै उनले देशको संवेदनशील घडीमा सम्बन्धित प्रदेश सरकार र स्थानीय सरकारले नेतृत्व लिएर त्यहाँका राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय समेतको सहभागितामा तत्काल परिस्थितिलाई सहज बनाउनतर्फ लाग्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले भनेका छन्– ‘सामाजिक तथा साम्प्रदायिक सद्भावका लागि ठाउँ ठाउँमा बृहत् सद्भाव र्याली गर्नुपर्दछ । केन्द्र सरकारको मुख नताकौँ’, उनले भनेका छन्, ‘जे गर्ने हो आ–आफ्नो ठाउँमा गरौँ । सबै मिलेर परिस्थितिलाई समालौँ । ढिला नगरौँ । साथै भट्टराईले केन्द्र सरकारको भूमिका सन्दिग्ध जस्तो लागेको भन्दै नागरिकको सुरक्षा तथा सार्वजनिक र निजी सम्पत्तिको सुरक्षामा ठोस कदम चाल्न ढिला गर्न नहुने बताएका छन् ।
ADVERTISEMENT

