
नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङ ल्हामु मार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । त्यस अवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक कनोजिया, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, सब इन्जिनियर पवन बुढा लगायतको उपस्थिति थियो ।अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले पनि चासो र खबरदारी गर्नुपर्ने बताउनुभयो । विष्टले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
नगर उपप्रमुख राईले पूर्वाधार विकासको मुख्य कडी मानिने सडक स्तरोन्नतिको काम प्राथमिकताका साथ भइरहेको बताउनुभयो । सडकको गुणस्तरमा कुनै कम्प्रमाइज नगर्न राईले निर्देशन दिनुभयो । वडा नम्बर ११ का वडा अध्यक्ष कश्यप र वडा नम्बर १९ का वडा अध्यक्ष कुर्मीले सडक स्तरोन्नति हुँदै गर्दा निकै खुसी लागेको बताउँदै निर्वाचन ताका नागरिकसमक्ष गरिएको बाचा पूरा हुने चरणमा रहेको उल्लेख गर्नुभयो ।
बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु’

बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्टले आज (बुधबार) एक कार्यक्रमका बीच पार्क सौन्दर्यकरण कार्यको शिलान्यास गर्नुभएको छ । बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले ३० लाख बजेटमा पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेल लगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले बताउनुभयो । असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी ब्यापारिक सटरहरु डोजर लगाएर भत्काएको थियो । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रुपमा त्यस क्षेत्रलाई विकास गर्न चिल्ड्रेन पार्क बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङ स्थलका रुपमा पनि छुट्ट्याउने योजना छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । त्यस अवसरमा उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।