काठमाडौँ — प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियनसिपमा सोमबार सोम लामा र फुर्बा दोर्जे शेर्पाले समूह चरण पार गरेपछि क्वाटरफाइनल पुग्ने सबै खेलाडी तय भएको छ ।समूह चरणको अन्तिम दिन वेस्ट अफ सेभेन खेलमा सोमले नितेश खण्डवाललाई ४–२ र फुर्बाले राजन लामालाई ४–० फ्रेमले हराए । क्वाटरफाइनल पुग्ने अरू खेलाडीमा नेपालका नम्बर इक खेलाडी वाङचु तामाङ, रोहित क्षेत्री, राजन गुरुङ, आकाश गजमेर, विकास महर्जन र सविन तामाङ छन् ।
नेपालका शीर्ष १५ खेलाडी र आयोजकका एक खेलाडीको सहभागिता रहेको प्रतियोगितामा चार समूहबाट शीर्ष दुई क्वाटरफाइनलमा पुगेका हुन् । त्रिपुरेश्वरस्थित क्लबकै स्नुकर हलमा मंगलबार रोहितले विकास तथा आकाशले सविनविरुद्ध सेमिफाइनलमा पुग्न वेस्ट अफ नाइनमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
ADVERTISEMENT

