काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यसचिव नियुक्त गरेको हो । नर्सिङ शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवामा कार्यरत श्रेष्ठले नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गरेकी छिन् । उनी नर्सिङमा विद्यावारिधि गर्ने नेपालको पहिलो नर्ससमेत हुन् ।नेपालबाट नर्सिङमा पहिलो पटक पीएचडी गरेको हुँ,’ उनले भनिन्, ‘पूर्वाञ्चल विश्वविद्यालयबाट नर्सिङमा प्राध्यापक हुने पनि म पहिलो हुँ ।नर्सिङ शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धानको विकास तथा स्वास्थ्य सेवा व्यवस्थापनमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहेकी उनी आयोगको सदस्यसचिव बनेकी छिन् । हाल उनी बीएन्डबी अस्पतालको नर्सिङ निर्देशक थिइन् ।
अनुसन्धान र शिक्षामा पुर्याएको योगदानका लागि उनले सरकारबाट नेपाल विद्याभूषण ‘क’ सम्मान प्राप्त गरेकी छिन् ।नेपालकी पहिलो नर्सिङ विद्यावारिधि प्राप्त विद्वानका रूपमा सम्मानित हुनुका साथै विश्वविद्यालय अनुदान आयोगबाट उनले पीएचडी फेलोसिप पाएकी छिन् । श्रेष्ठले भारत सरकारबाट उच्च शिक्षाका लागि छात्रवृत्ति पाएकी थिइन् ।
उनी स्वास्थ्य विज्ञान संकायका शिक्षकहरूको क्षमता विकास, अनुसन्धान प्रस्ताव लेखन, नेतृत्व विकास तथा नर्सिङ शिक्षाको गुणस्तर सुधारमा सक्रिय छिन् ।श्रेष्ठ नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ संघ, एसियन एसोसिएसन अफ कार्डियाक नर्सेस तथा नेपाल पीएचडी एसोसिएसन जस्ता संस्थासँग आबद्ध छिन् । आयोगको सदस्यसचिव भएपछि उनले उच्च शिक्षा सुधारमा योगदान दिने बताएकी छिन् ।छिटो छरितो सर्भिस दिनु पर्नेछ । गुणस्तरीय उच्च शिक्षामा आफ्नो योगदान दिनेछु,’ उनले भनिन्, ‘त्रिविबाट समकक्षता आयोगमा सरेको छ । त्यसमा द्रुत गतिमा काम गर्नु पर्नेछ । उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन मेरो पहल रहन्छ ।’
ADVERTISEMENT

