काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुट सम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन पर्यटन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी मागेको हो ।अख्तियारले गत बैशाखमा केही कर्मचारीहरु सहित पोखरा विमानस्थल निर्माणमा संलग्न चिनिया कम्पनी सीएएमसी र त्यसका सञ्चालकहरुमाथि मुद्दा दायर गरेको थियो ।
अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबी थियो । उनीहरुमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी थियो
ADVERTISEMENT

