काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको चर्चा गरेका छन । तिव्रतर आर्थिकका लागि राजनीतिक स्थिरचा चाहिने भन्दै उनले यस निम्ति एउटा विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुन सक्ने बताएका हुन् ।काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।वर्तमान सरकारलाई पाँचै वर्ष टिकाउन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि आग्रह गरे ।

