
त्यस्तै बुद्धजयन्तीको अघिल्लो दिन वैशाख २१ गते बिहीबार मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि मध्यरात १२ बजेसम्म महापरित्राण हुनेछ । बुद्ध पूर्णिमाको अवसरमा अबदेखि लुम्बिनी परिसर ‘हर्न निषेध’ गरिने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । उनका अनुसार लुम्बिनी परिसरभित्र अब कुनै पनि सवारीसाधनले हर्न बजाउन पाउने छैनन् ।
वैशाख २२ गते पण्डितपुरदेखि बुद्धको अस्तधातु रहेको रामग्रामसम्म ‘अस्तधातु यात्रा’ गरिने भएको छ ।
कोषका अनुसार भगवान बुद्धको महत्त्व दर्शाउनका लागि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित वृहत्तर लुम्बिनी क्षेत्रका बासिन्दाहरुलाई बुद्धजयन्तीको अवसरमा दीप प्रज्ज्वलन गर्न अपील गरिने भएको छ ।लुम्बिनी विकास कोषले २५६७ औं बुद्ध जयन्ती मनाउन १ करोड रुपैयाँ बजेट छुट्याएको छ । लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा. हरिध्वज राईले गत वर्षभन्दा यस वर्ष ५१.८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको संख्यामा वृद्धि भएको जनाए ।