काठमाडौं । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा ‘बाइ वान गेट वान’ अफरसहित विशेष छुट पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीचको साझेदारीमा यो योजना ल्याइएको हो।रु. ४९९ वा सोभन्दा बढीको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने नेपाली ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन्। एक्लै सेवा लिँदा स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाइनेछ।
त्यस्तै, रु. ९९ देखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत र पर्यटकले १० प्रतिशत छुट पाउनेछन्।अफर लिन ग्राहकले एनसेल एपमा ‘पार्टनर्ड सर्भिस’ अन्तर्गत ट्रान्क्विलिटी स्पा छनोट गरी आधिकारिक आउटलेटमा अफर रिडिम गर्न सक्नेछन्। एपमा देखाइने लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानअनुसार निर्धारण हुनेछ।
ADVERTISEMENT

