काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरको दर्शन गरेका छन् । बिहान साढे १० बजे नेपाल आइपुगेका मोदीले ११ बजे मायादेवी मन्दिरको दर्शन गरेका हुन् ।
उनले भिक्षुहरूसँग बुद्धजन्मस्थलको बारेमा जानकारी समेत लिए । मन्दिर परिसरभित्र मोदीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दर्शन गरेका थिए ।
ADVERTISEMENT

