काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा आगामी वैशाख २४ गतेका लागि अधिवेशन आह्वान गरिएको हो ।प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० को सिफारिसमा सम्वत् २०८० साल वैशाख २४ गते आइतबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।
ADVERTISEMENT

