माधव, उपेन्द्र र महन्थ देउवा निवासमा,सरकारबारे छलफल
zeenepal
२०८१ जेष्ठ १६,
3
Shares
काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् ।माधव, उपेन्द्र र महन्थ देउवा निवासमा, मधेश सरकारबारे छलफल नेपाल, यादव र ठाकुर पार्टीका अन्य नेताहरुसहित छलफलका लागि बुढानिलकण्ठस्थित कांग्रेस सभापति देउवाको निवास पुगेका थिए ।
सो क्रममा मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेसहित समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए । 'मधेश वैकल्पिक गठबन्धनको कुरा छ । तर योमात्रै होइन, अहिलेको पछिल्लो सम्पूर्ण राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छौँ,' उनले भने, 'छलफललाई अझै निरन्तरता दिने कुरा भएको छ ।'
उनका अनुसार छलफलमा सहकारी ठगी प्रकरणका विषयमा समेत छलफल भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेशमा पनि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपा नेपालले कांग्रेससहित अन्य दलसँग मिलेर सरकार बनाउने प्रयास गरिरहेको हो ।मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।