काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।लोसपाका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति निकालेर दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न आग्रह गरेका छन् ।शिक्षक संगठनद्वारा अघि सारिएका मागहरुप्रति गम्भीर भई नेपाल सरकार यथाशीघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुगेर निकास दिनुपर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । शिक्षकहरु आन्दोलनमा होमिएपछि सामुदायिक विद्यालयमा पठन/पाठन ठप्प भएको छ ।
ADVERTISEMENT

