काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मस्यौदा कमिटीले आफ्नो प्रतिवेदन पेश गरेको हो ।उक्त प्रस्थानमाथि छलफल सुरु भएको र बैठक शनिबार पनि जारी रहने नेताहरुले बताएका छन् ।
फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशनअघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिने छ । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत भएको पार्टीका सचिव गणेश साहले जानकारी दिए ।

