सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन् ।एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताएका हुन् ।
महासचिव पोखरेलले प्रदेश सरकारको नेतृत्वका लागि नेताहरू केन्द्रमा धाउन आवश्यक नरहेको पनि बताए ।कर्णालीमा माओवादी साथीहरू आफ्नै नेतृत्वको निरन्तरताका लागि काठमाडौं गएको कुरा सही हो भन्ने मलाई लाग्दैन । नेतृत्वका लागि एमाले, माओवादीका कमरेडहरू काठमाडौं धाउनुपर्दैन । नेतृत्वले विवेक पुर्याउँछ’ उनले भने ।
ADVERTISEMENT

