प्युठान जेठ, । प्युठानको नौबहिनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डिलबहादुर थापा निर्वाचित भएका छन् ।कांग्रेसका उम्मेदवार शिवराज रिजाललाई ८५० मतान्तरले पछि पार्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ६४८५ मत पाउँदा कांग्रेसका रिजालले ५६३५ मत पाए ।
यस्तै, उपाध्यक्षमा पनि एमालेका बिष्णा थापा निर्वाचित भएकी छिन् । थापा ६२६३ मतसहित उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका घनबहादुर बुढाले ५६०५ मत पाए।