काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य भूपदेव शाहले प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारतको राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबिच सांस्कृतिक तथा आर्थिक सहकार्यका लागि विश्वासको वातावरण निर्माण गरेको उल्लेख गरेका हुन् ।
दक्षिण एसियामा राजनीतिक स्थायित्व कायम गर्न छिमेकी मुलुकहरूबिच उच्च राजनीतिक तहमा आत्मीय सम्बन्ध, विश्वास र विभिन्न क्षेत्रमा सघन सहकार्य आवश्यक रहेको उनले बताए ।नेपाल र भारत असल तथा घनिष्ठ छिमेकी मुलुक रहेको जनाउँदै शाहले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउन राजनीतिक तहको संवादसँगै सांस्कृतिक, आर्थिक तथा अन्य साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्नु महत्त्वपूर्ण हुने धारणा राखे ।दक्षिण एसियामा राजनीतिक स्थायित्वका लागि उच्चतम राजनीतिक तहबाट हार्दिक आतिथ्यका साथै छिमेकीहरूबिच विविध क्षेत्रमा सघन सहकार्य अत्यावश्यक छ’, शाहले लेखेका छन् ।
ADVERTISEMENT

