काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ ।बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने भने पनि सत्ता गठबन्धनबाहिरको दललाई समर्थन गर्ने वा नगर्नेबारे स्पष्ट निर्णय गरेको छैन ।
त्यस्तो अवस्थामा सम्बन्धित प्रदेश समितिसँग समन्वय गरेर अध्यक्ष राजेन्द्र लिङ्देनले निर्णय गर्ने एक नेताले बताए ।गण्डकी, लुम्बिनी सुदूरपश्चिमजस्ता आफू निर्णायक भएको प्रदेशमा सत्ता गठबन्धनबाहिरको दलले समर्थन मागेमा दिने बाटो खुलेको राप्रपाका ती नेताले अनलाइनखबरलाई बताए ।