काठमाडौं । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले अराजक व्यवहार देखाएको आरोप लगाएको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लामिछानेले सत्तापक्ष र सर्वसाधारणले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले नदिएर संसदमा अराजकता मच्चाएको टिप्पणी गरेका हुन् ।
ADVERTISEMENT

