सिन्धुपाल्चोक — नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन् । शनिबार भएको मतदानको गणना आइतबार बिहान सकिँएको हाे । मत परिणामअनुसार उनले ३९ मत प्राप्त गर्दै प्रतिस्पर्धी जीवनकुमार राईलाई पराजित गरेका हुन् । राईले ११ मत पाएका छन् । कुल ५६ मतमध्ये ५१ मत खसेको थियो ।
नवनिर्वाचित अध्यक्ष हृयोल्मो नेतृत्वको २१ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डिलबहादुर गुरुङ निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा अमृतबहादुर सुनुवार, आङ पासाङ शेर्पा, चन्द्रलाल राजभण्डारी र रामकुमारसिंह दनुवार निर्वाचित भए ।
चिनीमाया मााझी, मनमाया छन्त्याल र जुनिता राई (शान्ति देवान) निर्विरोध उपाध्यक्ष बनेका छन् । महासचिवमा विमल सारु मगर निर्वाचित भए भने उपमहासचिवमा गणेश कुमाल निर्विरोध चयन भएका छन् ।सचिवमा महेन्द्र दुरा, सन्तबहादुर चेपाङ, शिवचन्द्र मण्डल, शैलेन्द्रकुमार ताजपुरिया, चकचकी राजवंशी, छेवाङ बुम्छोक गुरुङ, जसवी मण्डल र बिना मम्बा तामा निर्वाचित भएका छन् ।कोषाध्यक्षमा मिङ्मा कामी शेर्पा विजयी भए भने सहकोषाध्यक्षमा प्रभातकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
ADVERTISEMENT

