काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पर्सि मंगलबार हुने आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ । तर सरकारले निषेधित क्षेत्र घोषणा गरेर अवरोध गर्न खोजे प्रतिवाद गर्ने उसको चेतावनी छ ।४० बुँदे माग अगाडि सारेको राप्रपाले पर्सि २७ गते काठमाडाैंमा प्रदर्शन राखेको छ । प्रदर्शनको पूर्व सन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष लिङ्देनले नयाँ सम्झौतामा जान सरकार र दलहरुलाई दबाब दिनु प्रदर्शनको उद्देश्य भएको बताए ।
ADVERTISEMENT

