
जनप्रदर्शनमार्फत जनआन्दोलनका प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै वर्तमान लुटकारी दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको शंखनाद समेत गरेको उनले बताए । ‘त्यसैगरी, काठमाडौँमा खुद्रा व्यापारी, कबाडी, सुकुम्बासी र गारमेंट लगायतका मेहनतकश श्रमजीवीहरूको पक्षमा सुरक्षा प्रदान गर्न सशक्त प्रतिवाद गर्ने तथा महिला, मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारु सहितका सीमान्तकृत एवं अल्पसंख्यक शोषित उत्पीडित वर्ग र समुदायको पहिचान र सम्मानका लागि सदैव सङ्घर्षको अग्रभागमा लड्ने प्रतिबद्धता व्यक्त गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।