काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ । बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरु सुशान्त तामाङ, बिकाश भण्डारी, महेश्वर पौडेल, शंकर ढकाल, शिव चौधरी र सुश्मित खड्का लगायत छन् ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएको विरोधमा नेविसंघले प्रदर्शन गर्दै आएको छ ।
नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसदमा आवाज उठाउँदै आएको छ ।
ADVERTISEMENT

