काठमाडौं ११ जेठ,। राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समय काठमाडौँलगायत देशका विभिन्न भागमा यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरू भएका उजुरी परेको भन्दै त्यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले ती घटनाहरूको अनुगमन गरिरहेको पनि जनाएको छ ।
आयोगका प्रवक्ता टिकाराम पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडितहरूको न्यायिक हक तथा सुरक्षाको सुनिश्चितता गर्न, पीडित र साक्षीको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

